शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तोकियो , कुन प्रदेशमा कति मतदाता ?

काठमाडौ पुस १०,  आगामी माघ ९ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मतदान स्थल तोकिएको छ । आयोगद्दारा आज जारी विज्ञप्तिमा सातवटा प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५५० र स्थानीय तह तर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५०६ समेत गरी जम्मा २ हजार ५६ जना मतदाता रहेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा आयोगले अनुसार प्रदेश नं १ अन्तर्गत मोरङको विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश नं २ को धनुषा जनकपुर उपमहानगरपालिकाको महेन्द्रनारायण स्मृति भवन , प्रदेश नं ३ को ललितपुर महानगरपालिकाको वडा समितिको भवन , गण्डकी प्रदेशको कास्कीको निर्वाचन कार्यालय पोखरा, प्रदेश नं ५ को दाङको घोराही उपमहानगरपालिकाकोे कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको सुर्खेतको जिल्ला निर्वाचन कार्यालय परिसरको भवन र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढी नगरपालिकाकोे पद्म पब्लिकमुक्ति नारायण उच्च मावि मतदानस्थल तोकेको उल्लेख गरिएको छ ।

कुन प्रदेशमा कति मतदाता ?

प्रदेश नं १ मा :  प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २८४ समेत गरि जम्मा ३६७  जना  ।
प्रदेश न २ मा: प्रदेशसभा सदस्य तर्फ १०७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७२ गरी जम्मा ३७९ जना   ।
प्रदेश न ३ मा: प्रदेशसभा सदस्य तर्फ ११० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २३८ गरी जम्मा ३४८ जना  ।
गण्डकी प्रदेश मा : प्रदेशसभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १७० गरी जम्मा २३० जना  
प्रदेश नं ५ मा :  प्रदेशसभा सदस्यतर्फ  ८७ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २१८ गरी जम्मा ३०५ जना   ।
कर्णाली प्रदेश मा:  प्रदेशसभा सदस्यतर्फ ४० र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख १५८ गरी जम्मा १९८ जना  सुदूरपश्चिम प्रदेश मा :  प्रदेशसभा सदस्यतर्फ ५३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १७६ गरी जम्मा २२९ जना मतदाता रहेको आयोगले जनाएको छ । 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।