शनिबार, बैशाख १५, २०८१

आज बस्ने भनिएको काँग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगन

काठमाडौ पुस २, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएकोे केन्द्रीय समितिको बैठक भएको छ । पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग गठन, भ्रातृ संस्थासम्बन्धी विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच जारी संवाद निष्कर्षमा पुग्न नसकेका कारण बैठक स्थगन गरिएको हो ।

प्रस्तावित विषयमा वरिष्ठ नेता पौडल पक्षको मागलाइ सभापति देउवा कुनै सम्बोधन नगरेको भन्दै यसअघिको बैडक समेत बष्किार गर्दै आएका कारण उक्त विषयमा सहमति कायम गर्ने लक्ष्य सहित जारी संवादले गति लिन नसक्दा काँग्रेस केन्द्रीय समितिको बैठकअवरुद्ध बन्दै आएको छ ।

यसरी बैटकको अवरुद्धासंगै   यसअघि प्रस्तुत विभाग विस्तार , उपनिर्वाचनको समीक्षा, भ्रातृ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थपको अनुमोदन गर्ने लगायतका प्रस्ताव समेत यथास्थितीमा रहेका छन । यद्यपी समेत पुस ४ गते दिउँसो १ः०० बजे बस्ने तय भएको काँग्रेस मुख्यालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।