शुक्रबार, बैशाख १४, २०८१

योयो युनिटीको आयोजनामा भक्तपुरमा वृहत रक्तदान

राम चन्द्र प्रजापति/ भक्तपुर कार्तिक ९,   म समाजको लागि समाज मेरो लागि भन्ने उद्देश्यले आज योयो युनिटीको आयोजनामा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । एकै समयमा ७ स्थानमा रक्तदान कार्यक्रमको आरम्भ गरिएको रक्तदान कार्यक्रममा ३०३ जनाले स्वयमसेवी रक्तदाताले रक्तदान गरेको योयो युनिटीका सचिव सुनिल प्रजापतिले बताए ।

सचिव प्रजापतिका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुरलगायतको स्थानीय विभिन्न सहयोगी संस्थाको सहकार्यमा सम्पन्न् वृहत रक्तदान भक्तपुरको विभिन्न क्षेत्र क्रमस च्याम्हसिह लिवाली चोक, तौमढी , सल्लाघारी,थिमी, सुर्यविनायक र दुधपाटी सिद्द्पोखरीमा आयोजना गरिएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।