बिहिबार, बैशाख १३, २०८१

यट्खामा १०८ कन्या कुमारीको पुजन

काठमाडौं कार्तिक ९ , काठमाडौं महानगर पालिका वडा न १९ स्थित यट्खाटोलमा आज १०८ कन्याकुमारीको पुजन गरिएको छ । कुमारी पूजामा मुलत कन्यालाई टिका लगाएर प्रसाद तथा दक्षिणा दिएर पुजा गरिन्छ ।

नेवार समूदायमा कुमारीको पुजा गर्नाले रोग नलाग्ने र आपत विपत नआउने र सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेकै कारण  प्रत्येक वर्ष कुमारी पूजा कार्यक्रमको आयोजना गरिएको कामपा वडा न १९ का सदस्य चन्द्रमान डंगोलले बताए  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।