शनिबार, बैशाख १५, २०८१

पदोन्नति भएका सैनिक अधिकारीद्दयलाई दज्यानी चिह्न

काठमाडौ असोज १९,  गत असोज १७ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट उपरथीमा पदोन्नति गरिएका दुई सैनिक अधिकारीद्दयलाइ शनिवार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले निरीक्षण अधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतनाका सहायक रथी गोकुल भण्डारीलाई एक कार्यक्रमकावीच दज्यानी चिह्न प्रदान गर्नुभएको सेनाको मुख्यालयले जनाएको छ

त्यस्तै दज्यानी चिह्न प्रदान गरेसंगै उपरथी सिग्देललाई निरीक्षण अधिकृतको कार्यालयमा निरीक्षण अधिकृत र भण्डारीलाई पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको नेपाली सेनाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।