शनिबार, बैशाख ८, २०८१

राजधानी लगायत देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट राजधानस्थित विभिन्न शक्ति पीठको दर्शन सहित पूजाअर्चना गर्ने

काठमाडौ असोज १९,  बडा दशैँको आठौ दिन अन्र्तगत महाष्टमी पर्वको अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ ।  राजधानीका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको भीड रहेका हाम्रा सहकर्मीले जनाएको छ । नवरात्रको समयमा शक्तिस्वरुपा देवीको साधना गरे मनले चिताएको पुग्ने, शक्ति प्राप्त हुने लगायत धार्मिक विश्वास रहिआएको छ ।

त्यस्तै उपत्यका बाहिरका देवी मन्दिर क्रमस पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, बिन्ध्यवासिनी, लगायत मन्दिरमा भक्तजनको भीड लागेको छ ।  नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विशेष पूजा आराधना गर्ने गरिन्छ ।

त्यस्तै महाष्टमी पर्वको अवसरमा आज अपरान्ह पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट राजधानस्थित विभिन्न शक्ति पीठको दर्शन सहित पूजाअर्चना गर्ने भएको छ । शक्ति पीठको दर्शन गर्ने क्रममा पूर्व श्री ५ ज्ञानेन्द्रबाट नक्साल भगवती, गुह्श्वेरी, मैतीदेवी,कालिकास्थान,भद्रकाली, संकटा,नरदेवी,रक्तकाली,शोभा भगवती र ईन्द्रायणीको दर्शन गरिबक्सने कार्यक्रम रहेको उहाँका सहयोगी डा फणिराज पाठकले जानारी दिनु भएको छ ।

त्यस्तै सहयोगी वाठकका अनुसार शुभ विजयादशमी दिन पूर्व श्री ५ ज्ञानेन्द्रले बिजया दशमीको दिन अपरान्ह ४ बजे दशैँको टीका बक्सने कार्यक्रम समेत रहेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।