शनिबार, बैशाख १५, २०८१

नेपाल आर्दश माविका पूर्व प्रअ हरिशङकरको सालिक अनावरण

अनुप प्रधान /काठमाडौ कार्तिक २,   राजधानीको कामपा वडा न २२ गणबहालस्थित नेपाल आदर्श माध्यमिक विद्यालयपसिरमा आज एक कार्यक्रमकावीच विधालयका पूर्व विद्यार्थीहरूको अगुवाइमा प्रतिस्थापन गरिएको पूर्व प्रअ स्व हरिशंकर श्रेष्ठको अर्धकदको सालिक अनावरण गरिएको छ ।   वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको उपस्थितीमा आयोजित कार्यक्रममा नेपाली शिक्षा क्षेत्रको उन्नयनमा ४ दशक भन्दा लामो समय योगदान गर्नु भएको पूर्व प्रअ श्रेष्ठको सालिक प्रतिस्थापन गरिएको हो ।विसं २०१२ साउन २२ गते शिक्षक पेशामा प्रवेश गनुृ भएका प्रह श्रेष्ठको ८१ वर्षको उमेरमा २०७२ असार ३१ गते उहाँको निधन भएको थियो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष जोशी लाइ समेत पूर्व विधार्थी विद्यालयका पूर्व विधार्थी नेपालआर्द विधार्थी परिवारले दोसल्ला सहित अभिनन्दन गर्नु भएको थियो । त्यस्तै सोहि क्रममा वहालवाला न्यायायधिस सपना मल्ल प्रधान लगायत सोहि विधालयमा अध्यन गर्दै मुलुकको उच्च पदस्थ निकाय, व्वसाय समाजसेवा लगायतका विभिन्न आयाममा पुग्न सफल पूर्व विधार्थी समेतलाइ सम्मान गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।