शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ उपनिर्वाचनको कार्यतालिका र आयोगको तयारी

Generated on October 18, 2019, 11:18 am

काठमाडौ कार्तिक २ , निर्वाचन आयोगले मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्यसहित कूल ५२ पदमा हुँने उपनिर्वाचनको लागि आवश्यक तयारीमा तिव्रता दिएको छ । आयोगले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा पदमा मंसिर १४ गते उपनिर्वाचन अन्र्तगत प्रतिनिधिसभा सदस्यतर्फ एक, प्रदेशसभातर्फ तीन, स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी कूल ४८ गरी रिक्त ५२ पदका लागि हुने मतदानका लागि आवश्यक तयारी सहित सम्पूर्ण काम भइरहेको जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा उपनिर्वाचन कार्यतालिका अन्र्तगत प्रतिनिसभा सदस्यतर्फ कास्की क्षेत्र नं २ र प्रदेशसभातर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १, बाग्लुङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ र दाङ जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने निर्वाचनका लागि कात्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुने त्यस्तै कात्तिक २२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते मनोनय र उजुरीमाथि जाँचबुझ गर्ने, २४ गते उम्मेदवारको नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते निर्वाचन चिह्न प्रदान गर्ने र मङ्सिर १४ गते मतदान हुनेछ उल्लेख गरिएको छ ।

Generated on October 18, 2019, 11:18 am
Generated on October 18, 2019, 11:18 am

त्यस्तै स्थानीय तहतर्फका ४८ पदका लागि भने हुने कूल कात्तिक २७ गते मनोनयपत्र दर्ता गराउने र सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी आयोगले गरको छ । यस्तै, २८ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र आगामी मङ्सिर १ गते निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय भएके जनाएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930