शुक्रबार, बैशाख १४, २०८१

सागका लागि नेपालले पौडी वाजको छनौट गर्दै

काठमाडौं  भाद्र १८ , नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडी खेलमा सहभागी हुने नेपाली खेलाडीहरुको अन्तिम छनोटका लागि आगामी भाद्र २४ र २५ गते मित्रराष्ट्र चीन सरकारको सहयोगमा मर्मत सम्भार पश्चात सातदोबाटोस्थित पौडी पोखरीमा नवौं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ ।

साथै प्रस्तुत प्रतियोगितालाई व्यवस्थित एवं भब्य रुपमा सम्पन्न गर्न नेपाल पौडी संघले संघका कोषाध्यक्ष नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ । छनोटमा १ सय ५० पुरुष र १ सय महिला गरी करिब २ सय खेलाडीको सहभागिता रहने संयोजक मुस्लिमले जानकारी दिदै पुरुष/महिलामा समान १४/ १४ गरी २८ स्पर्धामा प्रतिस्पर्धा गराइने जानकारी  दिदै यसमध्येबाट १६ पुरुष र १२ महिला गरी २८ खेलाडी छनोट गरिने बताए ।

साथै उहाँले प्रतियोगितामा पुरुष/महिलातर्फ ५०, १ सय, २ सय र ४ सय मिटर फ्रिस्टायल, ५०, १ सय र २ सय मिटर ब्रेस्टस्ट्रोक, वटरफ्लाई र व्याकस्ट्रोक तथा २ सय मिटर इन्डिभिज्युल इभेन्ट सञ्चालन हुने जानकारी दिदै छनोट बाहेक उमेरसमूहका खेलाडी लाई प्रोत्साहन गर्ने उद्देश्यले १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्ष मुनि उमेरसमूहको छुट्टै प्रतिस्पर्धा समेत हुने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।