मङ्लबार, बैशाख ११, २०८१

सञ्चारमन्त्री बाँस्कोटालाइ महासंघको १४ बुँदे ध्यानाकर्षण

राष्ट्रियता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावविरुद्ध बाहेकका अन्य सवालमा प्रेस पूर्ण स्वतन्त्र रहने मन्त्री बाँस्कोटाको भनाइ

काठमाडौंमा भाद्र १८ , नेपाल पत्रकार महासंघका कावा  अध्यक्ष दिलीप थापा मगर नेतृत्वको प्रतिनिधी मण्डलले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा लाइ नेपाली प्रेस जगतका विभिन्न १४ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बझाएको छ ।

महासंघले ध्यानार्षण पत्र बुझाउँने क्रममा संचार क्षेत्रका तमाम समस्या समाधान गर्न नेपाल सरकार र प्रमुख राजनीतिक दललाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएको स्मरण गराउँदै मन्त्रीबाँस्कोटालाई श्रमजीवी पत्रकारको हक, अधिकार कार्यान्वयन गराउन एवम् समग्र सञ्चार क्षेत्रको प्रवद्र्धन र विकास सँगै पुर्नसंरचनाका लागि १४ बुँदे ध्यानाकर्षण गराएको हो ।

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै मन्बी बाँस्कोटाले महासंघको माग प्रति आफु सकारात्मक रहेको अभिव्यक्ति सहित आमसञ्चारसम्बन्धी विधेयकमा सञ्चार क्षेत्रलाई नियन्त्रण नभई स्वनियमनमा बढी जोड दिइएको बताउँनु भएको छ ।

साथै उहाँले संविधानतः व्यवस्था गरिएको पूर्ण प्रेस स्वतन्त्रताको मर्मअनुरुप  लोकतन्त्र र प्रेसलाई सँगसँगै हिँडाउने मान्यतालाई आत्मसात् गरी नयाँ कानून ल्याउन लागिएको बताउँदै अनलाइन माध्यमलाई पनि मूलधारको माध्यमको मान्यता दिइने, पत्रकारको न्यूनतम पारिश्रमिक तोक्न हाल रहेको समितिको संरचनाको साटो पुनरवलोकनअघि कम्तीमा छ महीना पहिले ‘पे कमिसन’ गठन गरिने र स्वरोजगामूलक सञ्चारमाध्यमका हकमा थप सहुलियत दिइने त्यस्तै विश्वविद्यालयको पढाइसँग मेल हुने गरी आमसञ्चार प्रशिक्षण प्रतिष्ठान खोल्ने व्यवस्था गरिएको बताउँनु भएको छ ।’  त्यस्तै गरि मन्त्री वास्कोटाले ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक’ छलफलको क्रममा रहेको र विधेयकमा आएका संशोधनलाई सकारात्मरुपमा लिइने तर संविधानमै प्रतिबन्ध गरिएका राष्ट्रियता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावविरुद्ध हुन नहुने विषयबाहेक अन्य सवालमा प्रेस पूर्ण स्वतन्त्र रहनेमा बताउँनु भएको छ ।

साथै विज्ञापनरहित ‘क्लिन फिड’ नीतिका लागि महासङ्घले समर्थन गरेकोमा धन्यवाद दिँदै उहाँले ज्येष्ठ पत्रकारको जीवन निर्वाह भत्ता, कार्यस्थलमा दुर्घटना भएमा सहयोग र समानुपातिक विज्ञापनलाई थप व्यवस्थित गर्न सरकार सहकार्यमा रहने बताउँनु भएको छ ।

यस्तो छ नेपाल पत्रकार महासंघले सूचना तथा सञ्चार प्रविधिमन्त्री लाइ बुझाएको  १४ बुँदे ध्यानाकर्षण पत्र

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।