शुक्रबार, बैशाख १४, २०८१

मेलम्ची क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौ भाद्र २१, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबारदेखि वेलुका देखि लाग् हुने गरि मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्र , सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ

आयोजनाका इटालियन ठेकेदार सिएमसीले ठेक्का तोडेर गएपछि सिएमसीको धरौटी रकम कट्टा ज्याला र सामानको भुक्तानी पाउनुपर्ने माग गर्दै स्थानीय ठेकेदार तथा मजदुरहरुले श््रु गरेको आन्दोलनका कारण सिर्जना भएको तनावलाइ दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (क) अनुसार निषेधाज्ञा जारी गरेको प्रशासनद्दारा सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै प्राप्त समाचारमा उल्लेख भएअनुसार यसवीचमा आन्दोलनकारी र प्रहरीबीच बिहीबार भएको झडपमा केही मजदुर आन्दोलन कारी घाइतेभएसंगै स्थिती झन तनावग्रस्त भएको जनाईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।