बिहिबार, चैत्र १५, २०८०

काठमाडौं काँग्रेस क्षेत्र न. ८ मा भाँडभैलो

काठमाडौं भाद्र २०,  काठमाडौं काँग्रेस क्षेत्र न. ८ का निमित्त क्षेत्रीय सभापति बद्री नेपालको एकतर्फी कार्य सम्पादन गर्ने प्रवृतिले भाँडभैलो सिर्जना गरेको समाचार प्राप्त भएको छ ।  निर्वाचित तत्कालीन क्षेत्रीय सभापति जुद्धरत्न बज्राचार्यको निधन पछि उपसभापतिको जिम्मेवारीम रहेका बद्री नेपाललाइ निमित्त सभापतिको जिम्मेवारी दिएसंगै क्षेत्र न. ८ अन्र्तगत रहेका विभिन्न वडा समितिमा चुलिएको विवादले पछिल्लो समय उग्ररुप धारण गरेको बुझिएको छ ।

पछिल्लो समय निमित्त सभापतिको जिम्मेवारीमा रहेका नेपालले पार्टीको नयाँ विधानअनुसार क्षेत्रीय कार्य समितिलाई पूर्णता दिने भन्दै क्षेत्रीयकार्य समितिका वहालवाला सचिव राजेश श्रेष्ठ समेतलाइ कुनै जानकारी नगराइ केहि सिमित पदाधिकारी सदस्यहरुलाइमा मात्र खवर गरि क्षेत्रिय कार्य समितिको कार्यालय भन्दा अन्यत्रै बैठक वोलाउँने जस्ता अनेकन विवाददास्पद कामकारवाही गर्दै आएको बताईएको छ ।

(काठमाडौं काँग्रेस क्षेत्र न ८ का निमित्त सभापति बद्री नेपाल)

पार्टीको हरेक तह तप्कामा सहमति, संवाद र सहकार्य सहित नितिगत निर्णय हुनपर्नेमा निमित्त क्षेत्रीय सभापतिको जिम्मेवारीमा आएसंगै नेपालले आफुखुसी जे मन लाग्यो त्यो गर्ने गरेकै कारण क्षेत्र न ८ अन्र्तगत रहेका कामपा वडा न १५ लगायत विभिन्न इकाइ समिति संग नेपालले सहज कार्य सम्पादन गर्न नसकेको बताईएको छ ।

यस सम्बन्धमा क्षेत्रीय सचिवको जिम्मेवारीमा रहेका राजेश श्रेष्ठसंग जानकारी माग गर्दा क्षेत्रीय बैठकका विषयमा आफुलाइ केहि जानकारी नभएको बताउँदै क्षेत्रको बैठक त क्षेत्रीय समितिमा हुनुपर्ने अन्यत्र बैठक राखिएको विषयमा आफु जानकार नभएको बताए ।

त्यस्तै स्वयम बद्री नेपाललाइ सम्पर्क गर्दै काठमाडौं काँग्रेस क्षेत्र न ८ मा हुद्यै आएको भाँडभैलोका विषयमा जानकारी माग गर्दा क्षेत्रीय समितिको बैठककालागि आफुले कावा सभापतिको हैसियतमा सवै पदाधिकारी तथा सदस्यहरुलाइ खवर गरेको बताएपनि क्षेत्रका बहुसख्यक पदाधिकारी तथा सदस्यहरुले बैठकको सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको जानकारी दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।