शनिबार, बैशाख १५, २०८१

महासंघले श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सृजना गर्ने

काठमाडौं असोज १,  नेपाल पत्रकार महासंघले आसन्न नेपालीहरुको महान चाड वडा दशै नजिकिरहेको सन्दर्भमा सञ्चार प्रतिष्ठानहरुले श्रमजीवी पत्रकारहरुलाई उपलबध गराउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन र दशै पेश्की व्यवस्था गर्न महासंघ आहृवान गरेको छ ।महासंघका कार्यबहाक अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज काठमाडौमा उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठकले विभिन्न ४ बुँदे नितिगत निर्णय सहित यस्तो आहृवान गरेको हो ।

बैठकपछि महासंघका महासचिव रमेश विष्टद्दारा जारी विज्ञप्तिमा महासंघले श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनसंगै श्रमजीवी पत्रकारका लागि नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चार प्रतिष्ठानहरुमा अनुगमन र दबाब दिने निर्णय सहित उपाध्यक्ष विपुल पोख्रेलको र महासचिव रमेश विष्टको संयोजकत्वमा गठित समितिले सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकारको पक्षमा अनुगमन र दबाब सृजना गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा वार्ताका लागि गएका महासंघ टोलीलाई रेडियो व्यवस्थापनले प्रहरी लगाएर पक्राउ गरिएको घटनाको कडा शब्दमा निन्दा र भत्र्सना गर्दै रेडियो नेपाल सुदूर पश्चिम प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकारहरु सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई बिनाशर्त तत्काल पुनर्वहाली गर्न माग गर्दै बैठकले निष्कासन गरिएका पत्रकारहरुको पुनर्वहालीका निमित्त जारी आन्दोलनलाई थप सशक्त र प्रभावकारी बनाउने निर्णय सहित यसका लागि रेडियो नेपालका सबै प्रदेश प्रसारण केन्द्रमा धर्ना दिने र काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

साथै बैठकले समाचार संकलनार्थ सिंहदरबार जो पत्रकारहरुको प्रवेशमा गरिएको कडाईप्रति आपत्ति प्रकट गर्दै सिंहदरबार प्रवेशमा सहज वातावरण बनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।