शनिबार, बैशाख ८, २०८१

दुइ देशवीचको सम्बन्धलाइ थप आयामिक बनाउँनु पर्नेमा प्रमुख शाक्यको जोड

काठमाडौं असोज १,  नेपालका लागि जापानको राजदूत मासामिचि साइगोले बुधबार काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यसँग शिष्टाचार भेट गर्नुभएको छ ।

भेटवार्ताको क्रममा जापान सरकारको सहयोगमा बसन्तपुरमा निर्माणाधीन अबस्थामा रहेको आगमछेँ पुननिर्माणका बिषयमा पछिल्लो समय सिर्जना भएको विरोधाभाषको सवालमा केन्द्रीत हुँदै महानगरप्रमसख शाक्यले जापान र नेपाल जापानवीचको सम्बन्धमा प्रभाव पर्ने कुनैपनि किसिमको काम कुनैपनि कोणबाट हुँन नहुँनेमा जोड दिदै दुइ देशवीचको सम्बन्धलाइ थप आयामिक बनाउँनु पर्नेमा जोड दिनु भएको छ । साथै उहाँले यस विषयम महानगरले सम्वद्ध सवै पक्षलाइ समन्वय गर्ने र निर्माण कार्यमा नअलमलिन आग्रअ गर्दै विषयमा प्रस्तावित विषयमा आश्वस्त पार्नुभएको थियो ।

त्यस्तै राजदूत साइगोले प्रमुख शाक्यको अभिव्यक्तिपछि आगमछेँसहित काठमाडौंमा भएका सांस्कृतिक मूर्त अमुर्त सम्पदाबाट आफू प्रोत्साहित रहेको बताउँदै मंगलवार सम्पन्न इन्द्रजात्रा अवलोकनका लागि आएको मात्सुमोतो नगरका प्रतिनिधिले नेपाल पर्यटन बर्षमा जापानी नागरिकलाइ नेपाल आउन सहजीकरण गर्ने बताउँदै जापानको वातावरण मन्त्रालयले आयोजना गर्ने फोहोर व्यबस्थापन सम्बन्धि प्राबिधिक कार्यक्रमकालागि निमन्त्रणा समेत दिनु भएको बुझिएको छ ।

त्यस्तै भेटका क्रममा राजदूत साइगोले काठमाडौंको फोहोर व्यवस्थापनमा प्रबिधिको प्रयोग गर्न इच्छुक रहेको जिकिर समेत गर्नु भएको बताईएको छ । भेटका क्रममा कार्यपालिका सदस्यहरु तथा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।