शुक्रबार, बैशाख १४, २०८१

ज्ञान र सहकारीवीचको सहकार्य सामाजीक सेवाको क्षेत्रमा नयाँ अध्याय : अध्यक्ष पन्त

काठमाडौं असोज ४ , स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १३ वार्षिकोत्सवको तथा संविधान दिवसको अवसरमा शुक्रवार “ज्ञान” (ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल) को सहकार्यमा रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेका छन ।

कार्यक्रममा ४२ जना स्वयमसेवी रक्तदाताले रक्तदान गर्नुको अलावा करिब ५ सय भन्दा बढी सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणको क्रममा छाती तथा मुटु, मधुमेह, हाडजोर्नी तथा नशा, बालरोग, छाला, स्त्री रोग तथा प्रसुती सेवा र पिसाव सम्बन्धी परिक्षण गरिनुको साथै निःशुल्क ओषधि समेत वितरण गरिएको थियो ।

त्यस अवसरमा ज्ञानका अध्यक्ष रुपचन्द्र पन्तले सहकारी र ज्ञानवीचको सहकार्यमा सम्पन्न्न प्रस्तुत कार्यक्रम सामाजीक सेवाको क्षेत्रमा नयाँ अध्याय भएको बताउँनु भएको छ ।

कार्यक्रममा ज्ञानका पुर्व अध्यक्ष तथा स्यूचाटार सहकारीका अध्यक्ष साधुराम गौतम, नागार्जुन न.पा. वडा नं. १० का अध्यक्ष सुन्दर वहादुर के.सी. , ज्ञानका उपाध्यक्ष निरु महर्जन, सचिव राम महर्जन, कोषाध्यक्ष विकास खत्री, ज्ञानका सदस्य  लगायत पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।