बिहिबार, बैशाख ६, २०८१

काँग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिको रक्तदान सहितको शुभकामना आदान-प्रदान

काठमाडौं असोज ४ , नेपाली काँग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले  दोस्रो चरणको १५ दिने जागरण अन्र्तगत आज राजधानीस्थित पशुपति बहुमुखी क्याम्पस मित्रपार्क चावहिलमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन । कार्यक्रममा न कुनै आशन ग्रहण न कुनै भाषण रक्तदान गर्न मिल्ने जतिले रक्तदान गर्दै आसन्न बडा दशैँ , दीपावली तथा छठ पर्वको शुभकामना समेत आदान-प्रदान गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सासंद जीपछिरीङ लामाले पनि कुनै भाषण नगरी उपस्थित सबैसँग सुखदुःखका व्यावहारिक कुरा गरी हौसला प्रदान गरेका थिए । त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी परित्याग गर्दै काँग्रेस प्रवेस गरेका कालिञ्चोक गाउँपालिकाका दश जनाभन्दा बढीलाइ पार्टीका स्वागत गरिएको थियो ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले युवा नेता सन्तोष पान्डे, दोलखा—काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष कृष्णध्वज योञ्जनलगायतलाई ब्लड पाउन्ड दिई कार्यक्रम सुरु गरिएको थियो ।

सधैँ भाषण, एक—अर्काबीच आरोप—प्रत्यारोपभन्दा यस्तो कार्यक्रमले सबैलाई आनन्द दिनुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत हुने अवसर समेत प्राप्त हुने कुरा दोलखा-काठमाडौँ सम्पर्क समितिका सभापति गोपाल घिमिरेले बताए । उनले आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यक्रमलाई बढी प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा ४० जनाभन्दा बढी स्यमसेवी रक्तदाताले रक्तदान दान गरेका थिए कार्यक्रममा वैत्येश्वर गाउँपालिकाका प्रमुख छवि लामा, विभिन्न जिल्ला काठमाडौँ सम्पर्क समितिका सभापतिलगायत दोलखा काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।