शुक्रबार, बैशाख १४, २०८१

कालाबजारीलाइ निरुत्साहित गर्न सहुलियत मूल्य पसल :मन्त्री यादव

काठमाडौं भाद्र २३ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले आनसन्न दशैँतिहारको अवसरमा जनता कालोबजारीबाट ठगिन नपाउँन भन्ने लक्ष्यसहित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको बताउँनु भएको छ ।

आजदेखि दशैँतिहार तथा छठ पर्वलाइ लक्षित गर्दै सत्तचालनमा ल्याइएको एकीकृत सहुलियत मूल्य पसलको श्भारम्भ गर्दै मन्त्री यादवले सरकारको एक मात्र अभिष्ट भनेको चाडपर्वको नाममा हुनेगरेको अनियन्त्रित बजार मुल्यलाइ नियन्त्रण गर्दै बजालाइ सुव्यवस्थित गरी उपभोक्तालाई बढीभन्दा बढी सहुलियत दिनु रहेको बताउँनु भएको हो ।

त्यस्तै कार्यक्रममा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले  विगतकावर्षमा जस्तै यसवर्ष पनि आजदेखि आगामी कात्तिक १७ गतेसम्म सहुलियत मूल्य पसल सञ्चालनमा रहने जानकारी दिै उपभोक्तालाइ सहुलियत मूल्य पसलबाट लाभ उठाउन आग्रह गर्नु भएको छ ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सरकारको नीति निर्देशनअनुसार चिनी र नूनको भाउमा सहुलियत दरमा बिक्री व्यवस्थापन गरेको जानकारी दिनु भएको उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स प्रदेश नं–३ का अध्यक्ष कृष्णमान श्रेष्ठ, दुग्ध विकास संस्थानका आयोजना प्रमुख राजेन्द्र अधिकारी,राष्ट्रिय उपभोक्तामञ्चका अध्यक्ष प्रेमलाल महर्जन लगायतले आफ्नो धारणा अभिव्यक्त गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।