बिहिबार, बैशाख १३, २०८१

नेपालमा रहेको जुनसुकै पहिचानलाई संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा उपप्रम पोखरेलको जोड

भक्तपुर भाद्र २३ /राम चन्द्र प्रजापति
राष्ट्रिय पुननिर्माण प्रधिकरणको आयोजनामा पुनःनिर्माण गरिएको सूर्यविनायक नगरपालिका वडा नं ४ स्थित पुरातात्विक, धार्मिक तथा महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुलको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले आज एक कार्यक्रमकावीच उद्घाटन गर्नु भएको छ । कार्यक्रममा मन्त्री पोखरेलले नेपाल अनुपम, सभ्यता र सस्कृतिको देश भएको बताउँदै नेपालमा रहेको जुनसुकै पहिचानलाई संरक्षण तथा सम्बद्र्धन गर्नुपर्नेमा जोड दिँनु भएको छ।

त्यस्तै कार्यक्रममा प्रतिनिधि सभाका सांसद महेश बस्नेतले भक्तपुर सम्पदाहरुको महत्वपूर्ण ठाँउ भएको बताउँदै अनन्तलिङ्गगेश्वरको डाँडाबाट उपत्यकाको तिनै शहर देख्न सकिने हिमालका २२ वटा हिम शृङ्खला देख्न सकिने यो ठाँउलाई धार्मिक तथा पर्यटकीय हिसाबले पनि महत्वपूर्ण भएको बताउनुभयो । उक्त झोलुङ्गे पुल २५ लाख १५ हजार ५ सय २८ रुपौंयाको लागतमा निर्माण भएको थियो भने उक्त मन्दिर दुई करोड सात लाखको लागतमा निर्माण सम्पन्न भएको कार्यक्रमा जानारी दिईएको
थियो ।

कार्यक्रममा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्द पोखरेल, जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल र पूर्व सांसद केदार सञ्जेल लगायतले पुरातात्विक संम्पदाको संरक्षण र सम्वद्र्धनमा हामी सबैको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।