शुक्रबार, चैत्र १६, २०८०

विमानस्थलबाट १ किलो ४०० ग्राम सुनसहित गुरुङ पक्राउ

काठमाडौ भाद्र २३,   नेपाल प्रहरीले १ किलो ४०० ग्राम सुनसहित तीन जनालाई आज बिहान पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी सुरक्षा गार्ड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले  कतारबाट हिमालय एयरलाइन्सको उडान नं एच ९५६४ विमान मार्फत  नेपाल आएका होमबहादुर गुरुङ सहित तीन जनालाई आज बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरीले गुरुङलाई विमानस्थलमा र उनलाइ लिन पुगेको थप दुई जनालाईसमेत पक्राउ गरे पनि पक्राउ परेका थप २ जनाको भने परिचय सार्वजनिक गरेको छैन । साथै घटनाबारे आवश्यक अनुुुसन्धान पछि यी तीनै जनाको विवरण सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।