शनिबार, बैशाख १५, २०८१

कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न आज कागेश्वरी महादेव मन्दिरमा भक्तजनहरुको घुइचो

(इन्सेटमा हनुमानढोका स्थित कागेश्वरी महादेव र मन्दिरका पूजारी )

काठमाडौं भाद्र २० , कागको छुवाइ र बिष्टयाइँबाट हुने अनिष्टबाट बच्नका लागि आज राजधानीको हनुमानढोका स्थित कागेश्वर महादेव मन्दिरमा बिहानैखदेखिभक्तजनको भिड लागेको छ । यो मन्दिर सर्वसाधारणहरुका लागि प्रत्येक वर्ष भाद्रकृष्ण शुक्ल अष्टमीका दिन मात्र खुला गरिन्छ। महाभूकम्पका कारण पूर्णरुपमा क्षतिग्रस्त यस मन्दिरको पुन निर्माण गरिएको को ।

त्यस्तै गरि आजै गागलफेदी–१ मा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जङ्गलमा कागेश्वरी खोलाको किनारमा रहेको कागेश्वर महादेवको मन्दिरमा हरियो मकै चढाएमा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक विश्वास रहिआएको छ ।

यसैबीच यस वर्षको इन्द्रजात्राका लागि प्रयोग गरिने लिङ्गो हनुमानढोका ल्याइपु-याइएको छ । भाद्र २४ गते बिहान मंगलबार बिहान ०९ बजेर १७ मिनेटको शुभ साइतमा इन्द्रध्वज उठाउने कार्यक्रम रहेको बताईएको छ । इन्द्रध्वज उठाइएसंगै राष्ट्रिय पर्व इन्द्रजात्रा प्रारम्भ हुने गर्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।