शुक्रबार, चैत्र १६, २०८०

जनप्रभातमा  अग्नि नियन्त्रण तथा विपद् उद्धार तालिम  

काठमाडौं भाद्र २० ,  ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल (ज्ञान) ले APSA NEPALको सहकार्यमा विहिवार “अग्नि नियन्त्रण तथा विपद् उद्धार स्वयंसेवक तालिमको आयोजना गरेको छ ।

कामपा वडा न. १३ स्थित जनप्रभात माविमा आयोजित उक्त तालिममा काठमाडौं महानगर  विपद व्यवस्थापन विभागका प्रशिक्षक किशोर कुमार भट्टराईले आगलागि वा कुनैपनि किसिमका विपदको समयमा सावधानी अपनाउँन सके जोखिम सहितको क्षति न्यूनिकरण गर्न सक्ने विषयगत सैद्धन्तिक एवं प्रयोगात्मक जानकारी दिनु भएको थियो ।

कार्यक्रममा ज्ञानोदय पूर्व विद्यार्थी समाज नेपाल(ज्ञान) का अध्यक्ष रुपचन्द्र पन्त, उपाध्यक्ष निरु महर्जन, सचिव राम महर्जन र सदस्य देवेन्द्र तण्डुकार, APSA NEPAL का अध्यक्ष लोकेश कुमार मानन्धर, महासचिव निर्मल भट्टराई त्यस्तैगरि International Human Research Development Council का प्रति प्रतिनिधि H.P. Patel को समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका प्रअ सत्येन्द्र लाल कर्णका साथै शिक्षक , विद्यार्थी गरी करिब ५०० को संख्यामा उपस्थिति रहेको समाजका उपाध्यक्ष निरु महर्जनले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।