शनिबार, बैशाख १५, २०८१

मुस्लिम धर्मावलम्बीले आज आफ्नो दोस्रो ठूलो पर्व बकर इदपर्व मनाउँदै

काठमाडौ साउन २७, मुस्लिम धर्मावलम्बीले आज आफ्नो दोस्रो ठूलो पर्व बकर इद नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् ।

पर्वको अवसरमा आजको दिन मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान सहित नमाज पढेपछि मुस्लिम धर्मग्रन्थ कुरानअनुसार खसी, बोका, राँगा, बाख्रा, भैँसी, भेडा आदि चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन रहेको सम्वद्ध व्यक्तिले बताएका छन ।

यसरी कुर्वानी दिएको मासु तीनभाग लगाई पहिलो भाग परिवारलाई, दोस्रो भाग इष्टमित्रलाई र तेस्रो भाग गरिब, दिनदुःखीलाई छुट्याउने परम्परा रहेको जानकारी दिएका छ ।

बकर इदका अवसरमा  सम्वद्ध सवैमा  यस https://www.kantipurhotline.com को तर्फबाट पनि  हार्दिक शुभकामना । इद मुवारक ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।