शुक्रबार, बैशाख १४, २०८१

तीन दिनसम्म  मेघ गर्जन-चट्याङसहितको भारी वर्षाको सम्भावना

 काठमाडौं साउन ३१ , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको औसत स्थानमा रहेको र यसैका प्रभावका कारण नेपालमा मनसुनी वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले आज साँझ जारी गरेको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिनमा उल्लेख भएअनुसार यसै कारण देशका केही स्थानमा मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

त्यस्तै बुलेटिनमा आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको छ । साथै चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासका बस्तीलाई सतर्क रहन तथा सडक यातायातमा पहिरो/भू–क्षयका कारण अवरोध आउन सक्ने भएकाले सो क्षेत्रमा यात्रा गर्दा सामान्य सतर्कता अपनाउन जरुरस् रहेको महाशाखाले भनेका छ ।

त्यस्तै महाशाखाले जारी गरेको आगामी ३ दिने मौसम पूर्वानुमानअनुसार आज राति देशभरी सामान्यतया बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनका साथै देशको पूर्वी तथा मध्य पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । साथै शनिबार देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाउादै भाद्र १ गते आइतबार दिन पनि देशका अधिकांश भेगमा बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशको पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउदै आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको र २७ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।