शुक्रबार, बैशाख ७, २०८१

भक्तपुर क्यान्सर अस्पतालमा नगरप्रमुखको अध्यक्षतामा नयाँ समिति गठन

लोकेन्द्रबहादुर नेतृत्वको व्यवस्थापन समिति भङ्ग

आर्थिक अनियमिताको पराकाष्ठा, नयाँ समितिले यसअघि अस्पतालभित्र व्याप्त भ्रष्टाचार र आर्थिक अनियमितता सुक्ष्म जाँचबुझ गर्ने  

काठमाडौं साउन ३२, भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ र महासचिव विमलकुमार होडाको मिलेमतोमा चरमरुपमा आर्थिक अनियमितता भएको जनगुनासो बढेपछि भनपाले पुरानो समिति खारेज गरी नयाँ समिति गठन गरेको हो ।

प्राप्त जानकारी अनुसार नगरपालिका नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र नं १ का सङ्घीय सांसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं सल्लाहकार तथा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्ष रवीन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको समिति गठन गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरी नयाँ समिति गठन गरिएको बताईएको छ ।

त्यस्तै नवगठित समितिमा समितिमा नेपाल अर्बुद्ध रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षकलाई आमन्त्रित सदस्यका तोकिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । साथै नयाँ समतिले भक्तपुर क्यान्सर अस्पतालभित्र व्याप्त भ्रष्टाचार र आर्थिक अनियमितता सुक्ष्म जाँचबुझ गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु