शनिबार, बैशाख १५, २०८१

सरोकारवालाहरुले भने- गुठी विधयेक फिर्ता धोका हो ! फिर्ता होइन खारेजी गर

काठमाडौं असार १०,  गुठी विधयेक फिर्ता धोका हो , हाम्रो माग फिर्ता होइन खारेजी हो , गृहमन्त्री, सन्चारमन्त्री, भूमि व्यवस्थामन्त्रीको राजीनामा दे जस्ता प्लेकार्ड सहित सोमवार अपरान्ह राजधानीमा सरोकारवालाहरुले कालो झन्डासहित खबरदारी जुलुस निकालेका छन् ।

राजधानीको नयाँ सडकबाट सुरु भएको खबरदारी जुलुस महाँकाल, वीर अस्पताल, रत्नपार्क भृकटीमन्डप, भद्रकाली, सुन्धारा, खिचापोखरी, ओमबहाल हुँदै शिवपार्वती डवलीमा पेगेर कोणसभामा परिणत भएको थियो ।

विरोधसभामा पवित्र बज्राचार्य लगायतका वक्ताहरुले गुठी विधयेक खारेज हुनुपर्ने माग गर्दै सरकारले विधयेक फिर्ता होइन खारेज गर्नु पर्ने बताउँदै आफ्नो सम्पतिको रक्षा गर्न आफै सक्षम रहेको बताएका छन ।

त्यस्तै सरोकारवालाहरुलाइ वाइपास गर्दै सोझा सिधा गुठियार मारेर भुमाफिया पोस्ने सरकारको षडयन्त्रविरुद्ध जुनसुकै कदम चाल्न पनि आफुहरु तयार रहेकोबताउँदै उनीहरुले विधेयक पूर्णरुपमा खारेज नभएसम्म आन्दोलन सेलाउन नदिने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।