शुक्रबार, बैशाख १४, २०८१

मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक विरुद्ध महासंघको प्रदर्शन

रसुवाली कवि पक्राउ घटनाको भत्सर्ना

काठमाडौ असार ११ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक खारेजीको माग गर्दै तेस्रो चरणको आन्दोलनमा रहेको नेपाल पत्रकार महासंघले आज राजधानीको शिव पार्वती डबलीमा चर्चित बृहत कार्टुन प्रदर्शनी तथा कवितावाचन कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा चर्चित कार्टुनिष्टहरुले तयार पारेको विभिन्न कार्टुनमा सरकारले नेपाली प्रेस जगत माथि प्रक्षेपण गर्दै आएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भाव प्रस्तुत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल साहित्य सर्जक एवम कवि श्रवण मुकारुङ्ग , विमला तुम्खेवा कलानीधि दाहाल, मनोज न्यौपाने, सोझो गाँउले , नारायण सापकोटा , बालकृष्ण लम्साल लगायत  दर्जन भन्दा बढि कविहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकार विरुद्ध तीखो व्यंग्य गर्दै कवितावाचन गरेका थिए ।

कार्यक्रममा महासंघका महासचिव रमेश विष्ट,चर्चित कार्टुनिष्ट अविन श्रेष्ठ  लगायतले महासंघको माग तत्काल सम्बोधन नगरे महासंघ सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनु भएको थियो ।

यसैवीच प्रस्तुत कार्यक्रममा कविता वाचन गर्न कार्यक्रमस्थल आउँदै गरेका रसुवाली कविको नामवाट परिचित कवि तथा पत्रकार ठाकुर प्रसाद तिमिल्सिनालाइ प्रहरीले पक्राउ गरेको घटनाको पत्रकार महासंघ केन्द्र र उपत्यका प्रदेश समितिले भत्सर्ना गरेको छ । साथै रसुवाली कविलाइ तत्काल रिहा गर्न समेत माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।