शनिबार, बैशाख ८, २०८१

जागरण अभियानका केन्द्रीय प्रतिनिधिको भाव बुझ्दै काँग्रेस नेतृत्व

काठमाडौ असार ११,  नेपाली काङ्ग्रेसको गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको प्रथम चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधि र केन्द्रीय नेतृत्ववीच आज पार्टी मुख्यालयमा छलफल एवं अन्तरक्रिया आजबाट शुरु भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै पार्टी सभापति शेरबहादुर देउवाले पहिलो प्रस्तुत अन्र्तक्रियाको समिक्षा सहित चरणमा जिल्लाबाट प्राप्त अनुभव एवं सुझावका आधारमा दोस्रो चरणको अभियान शुरु बताउँनु भएको छ । साथै उहाँले प्रस्तुत अन्तरक्रियाले दोस्रो र तेस्रो चरणको जागरण अभियानका प्रभावकारी बनाउँन सहयोग गर्ने विस्वास व्यक्त गर्नुभएको छ ।

विहिवार सम्म जारी रहने अन्तक्र्रियामा अभियानमा खटिएका केन्द्रीय ७७ जिल्लाका प्रतिनिधिले केन्द्रीय नेतृत्वसँग छलफल सहित आफूले तयार गरेको प्रतिवेदन बुझाउँने र यसको लागि प्रत्येक प्रतिनिधिका लागि १० मिनेटको समयसिमा निर्धारण गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।