शनिबार, बैशाख १५, २०८१

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा क्षेत्री

१ सय ४५ जना अधिकृत ११ औ तहका कर्मचारीको समायोजन, विभागका महानिर्देशकको जिम्मेवारीमा रहनु भएका ढकाललाइ राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको जिम्मेवारी 

अधिकांस निकायको प्रमुखको जिम्मेवारी हेरफेर गरेपनि  मन्त्रालयका समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटा, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंह र आयुर्वेद तथा बैकल्पिक विभागको महानिर्देशक डा बासुदेव उपाध्यायको जिम्मेवारी भने यथावत

काठमाडौं असार १५ , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ ‍औं तहका कर्मचारी समायोजनको क्रममा मन्त्रालय मातहतका विभिन्न कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन ।

हामीलाइ प्राप्त जानकारी अनुसार मुलुकको औषधि व्यवसाय जगतको नियमन गर्ने नियमक निकाय औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाललाइ विभागका महानिर्देशकको जिम्मेवारीबाट  राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको रुपमा समायोजना गर्दै विभागको महानिर्देशकको जिम्मेवारीवारीमा यसअघि विभागका वरिष्ठ औषधि व्यवस्थापक एवम् दर्ता महाशाखा  प्रमुखको जिम्मेवारी सम्हाल्दै आउँनु भएका १० ‌औं तहका वरिष्ठ कर्मचारी पान वहादुर क्षेत्रीलाइ निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

त्यस्तै मन्त्रालयले स्वास्थ्य सेवा विभागको मन्त्रालयका १२औं तहका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेललाई दिएको छ भने हालका निमित्त महानिर्देशक डा गुणराज लोहनीलाई कोशी अञ्चल अस्पताल विराटनगरको जिम्मेवारी दिएको छ।

यस क्रममा  मन्त्रालयले  ०७६ १ २३ को निर्णय र  ०७६/ ३/ १२ को मन्त्रीस्तरिय निर्णय अनुसार मन्त्रालय मातहतका ११ औं तहका एक सय ४५ जना सहसचिवको समायोजन गर्ने क्रममा अधिकांस निकायको प्रमुखको जिम्मेवारी हेरफेर गरेपनि  मन्त्रालयका समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठ, नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा विकास देवकोटा, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंह र आयुर्वेद तथा बैकल्पिक विभागको महानिर्देशक डा बासुदेव उपाध्यायको जिम्मेवारी भने यथावत राख्ने काम भएको बुझिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।