शुक्रबार, चैत्र १६, २०८०

सोमबारबाट राजधानीको मुख्य सडक,चोक र गल्लीमा थुप्रिएको फोहरको डङगुरले निकास पाउँने

ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थानीयको समस्या समाधानका लागि १३ सदस्यीय समिति गठन

काठमाडौं असार १५, काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र क्षतिपूर्ति पुनरावलोकन लगायतका माग गर्दै आन्दोलित नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका स्थानीयबीच आज भएको वार्ता र वार्ताको निष्कर्ष अनुरुप स्थानीकायको माग सम्बोधनका लागि महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक बिकास डंगोलको संयोजकत्वमा १३ सदस्यीय समिति गठनगरेसंगै सहमतिमा टुङ्गिएको छ ।

यसअघि संघीय राजधानीको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका स्थानीयले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै विगत एक साता देखि गर्दै आएको ल्याण्डफिल्ड साइटका स्थानीयको अवरोधका कारण राजधानीको मुख्य सडक ,चोक गल्लीमा थुप्रिएको फोहरको डङगुरले महानगर यहाँका वासिन्दाको दैनिकी नै प्रभावित बनेको थियो । यसैक्रममा आज अपरान्ह राजधानीको आरआर कलेज परिसर र आसपासका क्षेत्रमा थुप्रिएको फोहरको डंगुरलाइ मुल सडकमा ल्याउँदै जलाउँदै गर्दा राजधानीको सवारी समेत अवरुद्ध भएको थियो ।

आज भएको वार्ताको क्रममा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थानीयकातर्फबाट माग राख्दै प्रतिनिधिहरुले सिसडोल ल्याण्डफिल्ड साइटमा अबदेखि फोहोर नलैजान र अहिलेको अवस्थालाई सुधारेर छोड्ने माग गर्दै गर्दा महानगरका प्रमुख शाक्यले स्थानीयबासीमा परेको पीडा आफूले महसुस गरेको बताउँदै महानगर आफैंले समाधान नर्ग नसक्ने कतिपय सवालका कारण आफू पनि समस्यामा रहेको उल्लेख बताउँदै महानगर स्थानीयबासीका हरेक मागप्रति संबेदनशील रहेको यसवीचमा महानगरको तर्फबाट सम्बोधन गर्न सक्ने सम्मको माग पुरा गर्ने प्रतिवद्धता जनाउँनु भएको छ ।

प्रमुख शाक्यको प्रस्तुत प्रतिवद्धता पछि समस्या समाधान गर्न समिति गठन गर्ने कुरामा सहमति बनेको थियो । जसअनुसार  महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक एवम कामपा वडा न १२ का वडाध्यक्ष बिकास डंगोलको संयोजकत्वमा गठन गरिएको समितिको सदस्यमा ककनी गाउँपालिकाको वडा १ का अध्यक्ष चन्द्रबहादुर बलामी, वडा २ का अध्यक्ष केदार पौडेल र धुनिबेँसी नगरपालिका वडा १ का अध्यक्ष चन्द्रबहादुर लामा त्यस्तै स्थानीय प्रतिनिधिका रुपमा अर्जुन न्यौपाने, जीतबहादुर बलामी र राजन न्यौपानेलाई राखिएको छ । ल्याण्डफिल्ड साइटबाट प्रभावित र अतिप्रभावितका समस्यालाई मागका रुपमा उठाउने चक्रमान बलामी, ज्ञानेन्द्रप्रकाश गजुरेल, सन्तराम बलामी र गणेश बलामी सदस्य रहेका छन ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।