शनिबार, बैशाख १५, २०८१

यस्तो छ भारतीय प्रम मोदी नेतृत्वको मन्त्रिपरिषद, रक्षामा सिंह, गृहमा शाह र सञ्चारमा जावडेकर

गैर राजनीतिक पृष्ठभूमिबाट एस जयशंकर विदेशमन्त्री

नयाँ दिल्ली / समाचार एजेन्सी जेठ १७ ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार गठन गरेको मन्त्रिपरिषदका सदस्यहरुको जिम्मेवारी आज वाँडफाँठ गरेको छ । प्रम मोदीले यसपटक विगतको भन्दा पृथक शैलीमा नवगठित मन्त्रीपरिषद सदस्यको जिम्मेवारी तोक्दै मन्त्री र मन्त्रालयको जिम्मेवारी निर्धारण गरेको छ ।

जसअनुसार गृह मन्त्रालयको जिम्मेवारी यसपटक भाजपा अध्यक्ष अमित शाहलाई दिइएको छ भने यसअघि गृह मन्त्रालयको जिम्मेवारीमा रहेका राजनाथ सिंहलाइ रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको  छ ।  त्यस्तै यसअघि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी निर्मला सीतारमणलाई दोस्रो कार्यकालमा अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नितिन गडकरीलाई सडक परिवहन मन्त्री बनाइएको छ । रमेश पोखरियाललाई मानव संशाधन मन्त्रालय, हर्षवर्धनलाई स्वास्थ्य, विज्ञान एवं प्रजिधि र पृथ्वी विज्ञान मन्त्रालयको जिम्मेवारी दिइएको सभारतीय सञ्चारमाध्यमले जनाएको छ ।

त्यस्तै स्मृति इरानीलाई महिला एवं बाल विकास मन्त्रालय ,गैर राजनीतिक पृष्ठभूमिबाट मन्त्री बनाइएका एस जयशंकरलाई विदेश मन्त्रालय पीयूष गोयललाई रेल मन्त्रालय एवं वाणिज्य मन्त्रालय धर्मेन्द्र प्रधानलाई पेट्रोलियम मन्त्रालय र इस्पात मन्त्रालय , रविशंकरलाई कानून मन्त्रालय, नरेन्द्र सिंह तमोरलाई कृषि मन्त्रालय, डी सदानन्द गौडालाई रसायन एवं उर्वरक मन्त्रालय, मुख्तार अब्बास नकबीलाई अल्पसंख्यक मामला मन्त्रालय, महेन्द्र नाथ पाण्डेयलाई कौशल विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी रामविलास पासवानलाई खाद्य एवं आपूर्ति मन्त्रालय, हरसिमरत कौर बादललाई खाद्य प्रसंस्करण उद्योग मन्त्रालय, थावर चन्द गलहोतलाई सामाजिक न्याय र अधिकारिता मन्त्रालय, अर्जुन मुन्डालाई जनजातीय मामला मन्त्रालय, प्रकाश जावडेकरलाई सूचना एवं प्रसारण मन्त्रालय र प्रल्हाद जोशीलाई संसदीय मामला मन्त्रालय, कोइला मन्त्रालय र खनन् मन्त्रालयको जिम्मेवारी दिइएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।