शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ प्रम ओली र भारतीय समकक्षी मोदीबीचको द्विपक्षीय प्रतिबद्धता

प्रम ओलीको प्रस्तुत उपहारलाइ लिएर अहिले मुलुकको राजनैतिक वृतमा अनेकन चर्चा

काठमाडौ जेठ १७, प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुग्नु भएको नेपाल प्रम ओली र मोदीबीच आज भेटवार्ता हुन लागेको हो ।उहाँहरुवीच भारतीय प्रम निवास हैदरावादमा हाउसमा हुने शिष्टाचार भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयामका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि प्रधानमन्त्री ओली हिजो साँझ भारतीय समकक्षी मोदीको सपथग्रहण कार्यक्रममा सहभागी भएका थिए । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित सपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका थिए । सपथग्रहण समारोहपछि प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेटवार्ता गरेका थिए ।

यसैवीच प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको शिष्टाचार भेटवार्ताको क्रममा दुवै नेताले द्विपक्षीय सम्बन्धलाई आगामी दिनमा अझै सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गरेको बताईएको छ । त्यस अवसरमा प्रधानमन्त्री केपी ओलीले भारतका नव निर्वाचित प्रम ओलीलाइ रुद्राक्षको माला उपहार दिनु भएको थियो । प्रम ओलीको प्रस्तुत उपहारलाइ लिएर अहिले मुलुकको राजनैतिक वृतमा अनेकन चर्चा हुन थालेका छन । हिन्दु धर्म शास्त्रअनुसार रुद्राक्ष मालाको उपहार भनेको मुलुक धर्म सापेक्षतामा जान चाहेको अड्कल गरिएको छ ।प्रधानमन्त्री ओलीको आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।