शुक्रबार, बैशाख १४, २०८१

सामाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्नु पर्नेमा जोड

काठमाडौ वैशाख १७,  प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिअन्तर्गत “सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी गठित समितिले सोमवार आयोजना गरेको छलफलमा बोल्दै सांसदले समाजिक सञ्जाललाई नियन्त्रणभन्दा पनि नियमन गर्नु पर्नेमा जोड दिएका छन् ।

त्यस्तै छलफलको क्रममा प्रस्तावित सञ्चार ऐनमा दोहोरो अर्थ लाग्ने गरी अस्पष्ट वाक्यअंश भन्दा पनि जनताले प्रस्ट बुझ्न भाष शैलीको प्रयोग गर्नुपर्ने बजिकिर गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले प्रविधिको क्षेत्रमा देखिएका विकृतिलाइ नियन्त्रण गर्दै सामाजिक सञ्जालको क्षेत्रलाई व्यवस्थित गर्ने र करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउने सरकारको तयारी रहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।