शुक्रबार, चैत्र १६, २०८०

सरकारको सुखी नेपाली समृद्ध नेपालको नारा केवल नाराको लागि नारा मात्र भएको ११ विद्यार्थी संगठनको आरोप

सरकारविरुद्ध राजधानी  ११ विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं बैशाख १७,  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाइमा ११ विद्यार्थी संगठनले आज राजधानीमा सरकार विरुद्ध प्रदर्शन गरेका छन ।

माइतीघर मण्डलाबाट शुरु भएको प्रर्दशन बानेश्‍वरसम्‍म पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनको क्रममा विद्यार्थी संगठनहरुले प्रधानमन्त्री ओली नेतृत्वको सरकारविरुद्ध चर्को नाराबामाजी गर्दै सरकारले भ्रष्टाचारलाई बढवा दिएको तथा महँगी नियन्त्रणमा चासो नदेखाएको भन्दै चर्को आलोचना गरेका छन । सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको,विद्यालयदेखि विश्वविद्यालय तहसम्‍म शुल्कवृद्धि गरिएको तथा मुलुकमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसालगायतका घटना नियन्त्रण गर्ने पक्षमा सरकारले मुदर्शकपन देखाएको बताउँदै कोणसभाका वक्ताहरुले सरकारको सुखी नेपाली समृद्ध नेपालको नारा नाराको लागि मात्र भएको  बताएका छन ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।