बुधबार, बैशाख २६, २०८१

अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र नेपाली प्रेसको अधिकारमाथिको प्रहार किमार्थ अस्वीकार्य : डा महत

काठमाडौं फागुन १३,  नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले साइबर कानून र यसले मिडियामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रम लाइ सम्बोधन गर्दै यो वा त्यो वहानामा नागरिकका अधिकारलाइ संकुचन गर्ने नियोजित षडयन्त्रलाइ निष्प्रभावी बनाउँनु पर्ने बताउँनु भएको छ ।

त्यस्तै नेपाल प्रेस युनियनले आज आयोजना गरेको उक्त अन्र्तक्रियालाइ सम्बोधन गर्ने क्रममा नेता महतले जनताको अभिव्यक्ति स्वतन्त्रता तथा स्वतन्त्र नेपाली प्रेसको अधिकारमाथिको प्रहार नेपाली काँग्रेसलाइ किमार्थ मान्य नहुँने जनाउ दिदै संसद्मा हालै दर्ता भएको सूचना प्रविधि सम्बन्धी विधेयकमा उल्लेख गरिएको  केहि दफागत व्यवस्थाले स्वतन्त्रता र प्रेसको गरिमामाथि नै प्रहार गर्ने नियोजित मनशाय रहेकाले त्यस्ता व्यवस्था सच्याउन माग समेत गर्नु भएको छ । साथै उहाँले आम नागरिकले मुलुकको शान्ति सुरक्षा र जनचासोका विषयमा सामाजिक सञ्जालमार्फत आफ्ना विचार प्रकट गरेको विषयलाई निमयन गर्ने नाममा नियन्त्रण गर्न खोज्नु आफैमा दुराशयपूर्ण रहेको समेत बताउँनु भएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा सुरेश आचार्यले सूचना प्रविधि विधेयक मस्यौदाको व्यवस्था र यसले सञ्चार क्षेत्रमा पार्नसक्ने प्रभावका बारेमा र डेमोक्रेटिक लयर्स एशोसियशनका महासचिव अधिवक्ता लक्ष्मी दाहालले विद्युतीय कारोबार ऐनले सञ्चार क्षेत्रमा पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सामाजिक सञ्जाललाई निमयन गर्ने कानूनले सञ्चारमाध्यमलाई नियमन गर्न नहुनेमा जोड दिनुभएको उक्त कार्यक्रममा यसनियनका पूर्व अध्यक्ष कुलचन्द्र वाग्ले ,फ्रेडेरिक इबर्ट इस्टिफ्टुङका राष्ट्रिय संयोजक डा चन्द्रदेव भट्ट ,दि हिमालय टाईम्सका सम्पादक प्रकाश रिमाल ,प्रेस काउन्सिल नेपालका सदस्य ईश्वरी ओझा, महासङ्घका उपाध्यक्ष दिलीप थापामगर, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, युनियनका उपमहासचिव भीष्मराज ओझा लगायतले स्वतन्त्र प्रेसको अधिकारअन्तर्गत निर्वाध रुपमा समाचार सम्प्रेषण गर्ने अधिकारलाई कुनै पनि कानूनले बाधा पु¥याउन नसक्ने धारणा अभिव्यक्त गर्नु भएको थियो । त्यस्तै प्रस्तुत कार्यपत्रमा पत्रकार राधा चालिसे र पत्रकार यम विरहीले दुबै कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031