शुक्रबार, चैत्र १६, २०८०

खाद्यवस्तुको गुणस्तर कायम राख्न नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा मन्त्री खनालको जोड

काठमाडौं फागुन १३, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्दारा विगतमा जस्तै यसपटक पनि परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौँ  ,असल पोषणका लागि खाने बानीमा सुधार गरौ भन्ने नाराका सहित गत फागुन १० गते राजधानीको भृकुटी मण्डपमा आयोजना गरेको खाद्य मेला२०७५ सोमवार समापन भएको छ ।

मेलाको समापनसत्र लाइ सम्बोधन गद कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले खाद्य मेलामा प्रदर्शनीमा राखिएका विभिन्न परिकार खाद्य उत्पादन तथा सूचना सन्देशहरुबाट अवलोकनकर्ताको खानेबानीमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने विस्वास अभिव्यक्त गर्दै खानेबानी परिवर्तन गर्ने कार्यक्रम सँगसँगै खाद्यवस्तुको स्वच्छता र गुणस्तर कायम राख्न नियमन कार्यलाई थप प्रभावकारी बनाउन विभागले ठोस कार्ययोजना बनाउँन आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ ।

त्यस् अवसरमा मन्त्री खनालले मेलामा खाद्य परिकार, खाद्य उत्पादन र सूचनामूलक प्रदर्शन गरी तीन विधामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त गर्ने प्रदर्शकहरुलाई समापन कार्यक्रममा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । खाद्य परिकार विधामा गेट कलेज मण्डिखाटारले प्रथम, नेवा विमेन्स क्याफे काठमाडौंले द्वितीय, तामाङ्ग कुदाप रेष्टुरेण्ट काठमाडौंले तृतीय तथा मिलिजुली महिला समूह कैलालीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

यसैगरी प्रसोधित खाद्य उत्पादन विधामा नेपाली मन उद्योग मनमैंजू काठमाडौंले प्रथम, थ्री सिस्टर्स अचार तथा तितौरा उद्योग चितवनले द्वितीय, वेदिक होममेड हेल्दी फूड प्रा लि काठमाडौंले तृतीय तथा मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग मुस्ताङ्गले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए भने विभिन्न सूचनामूलक स्टलहरु मध्ये नेपाल डाइटिसियन संघ काठमाडौंले प्रथम पद्मश्री कलेज काठमाडौंले द्वितीय नेपाल मधुमेही समाज काठमाडौंले तृतीय तथा क्याफोडेट कलेज काठमाडौंले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी समापन कार्यक्रममा अन्तर कलेज नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने गोल्डेन गेट कलेज तथा द्वितीय स्थान प्राप्त गर्ने नेशनल कलेज अफ फूड साइन्स एण्ड टेक्नोलोजीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको उक्त कार्यक्रम विभागका महानिर्देशक श्री संजीव कुमार कर्णको सभापतित्वमा म्पिन्न भएको थियो ।

मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १५ स्टल, विभिन्न संघसंस्थाका जानकारीमूलक २२ स्टल र विभिन्न उद्योगहरूबाट उत्पादित खाद्य वस्तु बिक्री वितरण गर्ने गरी ३८ स्टलसहित कुल ७५ स्टल प्रदर्शनमा राखिएका थिए भने ५० हजार भन्दा बढी सर्वसाधारणबाट अवलोकन भई ५० लाख भन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।