शनिबार, बैशाख १५, २०८१

७० हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध मुद्धा दायर

 काठमाडौ वैशाख ३,  सवारी चालक अनुमति पत्र बनाइदिने भन्दै घुस रकम लिने जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी जवान मोतिकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्धा दायर गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीद्दारा  जारी विज्ञप्तिमा उल्लेखभएअनुसार निजले अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि रु ७० हजार घुस लिएको अवस्थामा आयोगले निजलाई पक्राउ गरेको उल्लेख गरिएको छ ।

  त्यस्तै विज्ञप्तिमा आयोगको टोलीले प्रहरी जवान श्रेष्ठलाई घुससहित र सोही विषयसँग सम्बन्धित बाग्लुङका मुस्तकिम मियाँ र सलामद्दिन मियाँलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनीहरुले कसुर गरेको ठहरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।