शुक्रबार, बैशाख ७, २०८१

स्वेच्छा अनुरुप कर्मचारीलाइ स्थानीय तहमा खटाइने

 काठमाडौ वैशाख ४, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड तयार पारेको छ ।   स्थानीय तहमा स्वीकृत करिव ५७ हजार कर्मचारीको दरबन्दी एवम् कर्मचारी समायोजन ऐन–२०७४ अनुसार तयार मापदण्डअनुसार निजामती कर्मचारीलाई स्थानीय तहमा खटाउँदा नेपाल सरकारबाट स्वीकृत स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीको आधारमा स्थानीय तहको रिक्त पदमा खटाउने तयारी मन्त्रालयले गरेको छ ।

त्यस्तै मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएअनुरुप अनुसार ज्येष्ठताका आधारमा कर्मचारीले रोजेको स्थानीय तहमा, स्थायी बसोबास रहेको स्थानीय तहमा पनि कर्मचारीलाई खटाउने, प्रदेशका केन्द्र वा जिल्ला सदरमुकाम स्थायी ठेगाना भएका कर्मचारीलाई सो प्रदेश वा जिल्लाभित्र कुनै पनि स्थानीय तहमा खटाउने मापदण्डमा उल्लेख रहनुको अलावा कर्मचारीले आफूले चाहेको तर कर्मचारी बढी हुन गएका खण्डमा नजिकैको स्थानीय तहमा जान पाउने व्यवस्थासमेत गरिएको जानकारी दिनु भएको छ । मापदण्डमा निजामती कर्मचारीको पतिपत्नी एउटै स्थानीय तहमा त्यस्तै कम उमेरका शिशु भएका महिला चाहेको ठाउँमा खटाउने  तयारी  रहेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2018
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031