शनिबार, बैशाख १५, २०८१

सभामुखमा महरा निर्विरोध निर्वाचित

काठमाडौं फागुन २५, प्रतिनिधिसभाको सभामुखमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध भएका छन् । सभामुखमा महराको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुनु भएको हो ।  नेता महराले एमाले नेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी केन्द्रका देव गुरुङको समर्थनमा आफ्नो उम्मेदवारी दर्ता गराउँदैगर्दा  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने यसअभिनै निर्णय गरेको थियो ।

 यसैवीच सभामुखमा निर्वाचित भएलगत्तै महराले संघीय संसदले धेरै कानुन बनाउनुपर्ने भएकाले आफूले त्यसलाई प्राथमिकता दिदै सबै दललाई सहमतिमा लिएर संसदीय प्रक्रिया अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ।  प्रकाशित कार्यतालिका अनुरुप सभामुख चयनका लागि शनिबार दिउँसो १ बजे मतदान हुने कार्यतालिका छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।