शुक्रबार, बैशाख १४, २०८१

पूर्व विधार्थी समाज (ज्ञान) को अध्यक्षमा पन्त

काठमाडौं फागुन २६, राजधानीको पुरानो कालिमाटीस्थित  ज्ञानोदय माविका पूर्व विधार्थी समाज ज्ञानको आज सम्पन्न वार्षिक साधारण सभाले रुपचन्द्र पन्तको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमितिको चयन गरेको छ ।  समाजको नव-निर्वाचित कार्यसमितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमस निरू महर्जन , राम महर्जन र विकास खत्री रहनु भएको छ । 

त्यस्तैगरि कार्य समिति सदस्यहरुमा श्रीहरी आचार्य , देवेन्द्र तण्डुकार अमिता श्रेष्ठ , किशोर भटटराइ, कल्पना बुढाथोकी , जमुना केसी र विकास केसी रहनु भएको छ । यसअधि साधारणसभाको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै विद्यालयका प्रअ नातिकाजी महर्जन लगायतका वक्ताले शुभकामना अभिव्यक्त गर्दै नव निर्वार्चित पदाधिकारीको सफल कार्यकालको लागि शुभकामना अभिव्यक्त गर्नु भएको थियो   भने समाजका पूर्व अध्यक्ष साधुराम गौतमले समाजको कार्यव्यवस्था सञ्चालनको लागि भन्दै रु ५१ हजारको कोष स्थापनार्थ आर्थिक सहयोग गर्नुभएको थियो ।

आज भन्दा १ दशक अगाडि ज्ञानोदय मावि पूर्व विधार्थी समन्वय समितिको रुपान्तरित प्रारुपमा रहेका ज्ञानोदय पूर्व विधार्थी समाजले विद्यालयको विकास र विधार्थीहरुको उज्जव भविष्यका लागि शैक्षिक जागरण , सामाजिक दायित्व लगायत प्राकृतिक विपत्तीमा समेत महत्वपूर्ण योगदान गर्दैआइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।