शुक्रबार, बैशाख १४, २०८१

संसदीय दलको नेता बन्न काँग्रेसमा रस्साकस्सी

काठमाडौं फागुन १६, कांग्रेस संसदीय दलको नेता चयनको निर्वाचनका लागि २० गते उम्मेदवारी दर्ता र २१ गते निर्वाचन हुने भएको  छ ।  निर्वाचनको मिति तोकिएसंगै यतिबेला कांग्रेसभित्र दलको नेता कसलाई बनाउने भन्नेमा रस्साकस्सी चलेको छ । एक पक्षले जसरी पनि सभापति देउवालाई नै दलको नेतामा चयन गर्नुपर्नेमा जोड दिदै आएको   छ भने अर्को पक्षले देउवा आफै संसदीय दलको नेता बन्दा कांग्रेस अझै कमजोर भएको जिकिर सहित प्रकाशमान सिंहलाइ निर्वाचित गराउँनु पर्ने आवाज मुखरित गर्दै आएका छन । यसवीचमानै महामन्त्री शशांक कोइरालाले भने सर्वसम्मत भए मात्रै दलको नेता बन्ने तर चुनाव लडेर नबन्ने बताउँदै आएका छन ।

जरले गर्दा काँग्रेस वृतमा अहिले सर्वसम्मतरुपमा महामन्त्री कोइरालालाइ संसदीय दलको नेचा बनाउँने कि सभापति शेरवहादुर देउवा र पूर्व महामन्त्री सिंह वीच निर्वाचन मार्फत कसलाइ चयन गर्ने भन्ने सवाल सिर्जना भएको छ ।

यसैबीच पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार आफ्नो व्यक्तिगत विचार भन्दै गरेको ट्वीटमा पार्टी सभापति देउवा र नेता पौडेललाई एकतावद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । उनले दुबै नेतालाई ‘अभिभावक बन्नुस्, वैकल्पिक पंक्ति पार्टीमा तम्तयार रहेको जिकिर गरेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।