शुक्रबार, बैशाख १४, २०८१

शहीद स्थापितको सम्झना

काठमाडौं माघ १६,  शहीद दिवसका अवसरमा आज नेपाली काँग्रेस १९ वडा इकाइ समितिले जन आन्दोलन ०४६का अमर सहिद निर्गुण स्थापितको सम्झना गरेको छ ।

काँग्रेस वडा इकाइका सदस्य एवम् वडा न.१९ का निर्वाचित वडा सदस्य चन्द्रमान डंगोलको अगुवाइका यट्खास्थित सहिद स्थापितको शालिकमा एक अनौपचारिक कार्यक्रमकावीच माल्यापर्ण सहित श्रद्धाञ्जली अपर्ण गरिएको थियो ।

त्यस क्रममा सहिद स्थापितका माता मैया स्थापित, काठमाडौं काँग्रेस क्षेत्र न.८का क्षेत्रीय सचिव राजेश श्रेष्ठ , पत्रकार महासंघका पूर्व उपाध्यक्ष श्रीजन झा लगायतले पुष्पगुच्छा अर्पण गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।