शुक्रबार, बैशाख १४, २०८१

शहीदको सपना साकार पार्नका लागि कृतसंकल्पित बन्न अभिप्रेरित गर्न सकोस् :राष्ट्रपति भण्डारी

समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने राष्ट्रपति भण्डारीको जोड

काठमाडौ माघ १६,  ‘सहीद दिवस २०७४’का अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिनु भएको सन्देशमा न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनुपर्ने बताउनुभएको छ ।  त्यस्तै उहाँले आफ्नो सन्देशमा मुलुक र मुलुकवासीका लागि आफ्नो अमूल्य जीवन बलिदान गर्ने व्यक्ति नै शहीद बन्न योग्य हुने यथार्थलाई हामीले सधैँ ख्याल गर्नुपर्ने बताउँदै सबैलाई राष्ट्र निर्माणको महायज्ञमा स्वतःस्फूर्तरूपले समाहित हुन प्रेरणा प्रदान गर्ने ज्ञातअज्ञात शहीदको सपना साकार पार्नका लागि कृतसंकल्पित बन्न अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई दिगो आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्नका लागि एक भएर लाग्न सबैलाई आग्रह गर्दै जारी गर्नु भएको शुभकामना सन्देशमा प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको बलिदान दिने शहीदको योगदानको उच्च मूल्यांकनका साथ शहीद परिवारजनमा उच्च सम्मान अर्पण गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।