शनिबार, बैशाख १५, २०८१

राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन बुधबार, सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन

काठमाडौ फागुन २२ , संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको फागुन २९ गते हुने तेस्रो राष्ट्रपतिको निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको छ ।  बुधबार १० बजेदेखि अपराह्न २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको जनाउँदैनिर्वाचन आयोगले भोली दर्ता हुने मनोनयनको फागुन २४ गते बिहीबार साँझ ६ बजे अन्तिम नामावली प्रकाशन गरिने बताएको छ ।

त्यस्तै निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र कायम गरिएको जनाउँदै आयोगले मतदाता नामावलीको अन्तिम सूची आज सार्वजनिक समेत गरेको छ । तयस्तै प्रस्तुत निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम भएको र सार्वजनिक नामावलीमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित ३ जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने समावेश नभएको जनाएको छ ।

 यसैवीच आयोगले फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त ढङ्गले मिलाउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।  आज निर्वाचन आयोगमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।   बैठकमा निर्वाचन आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौड्याल, निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल, रक्षा मन्त्रालयका सचिव विनोद केसी एवं अन्य सुरक्षा निकायका प्रमुखलगायतको  सहभागीता रहेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।