शनिबार, बैशाख १५, २०८१

 महोत्तरीमा प्रभावहिन हुदै प्रदेश सरकारको छोरी पढाउने अभियान

   “गिटटीसंग खेल्दै दिन वित्छ वालिकाहरुको”

मंजित कुमार महरा /भाद्र २३,

प्रदेश सरकारले संचालन गरेको वेटी पढाओ वेटी वचाओ अभियान महोत्तरीमा फितलो देखिएको छ । अभियान घोषणामा मात्र सिमित भएकोले अधिकांश विद्यालय वाहिरका वालिकाहरु गिटटी खेलेर र घरायसी काम गरेर मात्र समय काट्ने गरेका छन ।सोन्मा गाउपालिका वडा ५ मा रहेको दलित वस्तीमा दर्जनौ वालवालिका विद्यालयमा पढ्ने गरेका छैनन ।  सोहि वस्ती जस्तै जिल्लाका अधिकांश दलित वस्तीको उस्तै अवस्था रहेपनि शिक्षा क्षेत्रमा कामगर्ने सरोकारवाला निकायहरुको ध्यान उक्त वस्तीहरुमा जान नसकेको स्थानियहरुको आरोप छ । सोन्मा स्थित उक्त वस्तीमा माध्यमिक तहकै विद्यालय रहेपनि वालवालिकालाई विद्यालय र शिक्षाप्रति जागरुक हुन सकेको स्थानिय पुनम देवी महराको भनाई छ ।

यता सरकारले तलव दिएरै योग्य र दक्ष भनिएका शिक्षकहरु राखेपनि अधिकांश विद्यालयको अवस्था विग्रदो छ । भौतिक संरचनाको अभाव र भए भरको भौतिक संरचनामा समेत विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण हुन नसक्दा समेत अभियानले सार्थकता पाउन सकेको छैन ।  अभियानको सफलताकै लागि सवै तहको प्रयास हुने पर्नेमा अधिकांश समय मात्र काटिरहेको आरोप छ । केहि शिक्षकहरु समेत सरकारी तलव आएकै छ पढाउनु पर्ने आवश्यकता नै छैन र अभिभावकहरु समेत वालवालिकाले घरकै काम गरिरहेकै छन किन पढाउनु पर्ने भन्ने मानसिकतामा परिवर्तन नआएसम्म शिक्षामा विकास सम्भव नरहेको नागरिक समाजको भनाई छ ।

यता वडाअध्यक्ष रामविनय यादवले वर्षौ देखि समुदायमा कायम रहेको अशिक्षाको जडलाई उखेल्न समय लाग्ने बताउनु भयो । उहाले समाज वर्षौ देखि पिछडिएकोले विस्तारै शिक्षामा विकास हुनेमा आशा व्यक्त गरे । त्यसतै सोनमा गाउपालिकाका शिक्षा संयोजक अशोक कुमार यादवले आफुहरुले समुदाय र विद्यालय विच शिक्षाप्रति वातावरण निर्माण गरिदिएको बताए । उनले अव अभिभावकले आफ्नो दायित्व बुझिदिने आवश्यकता रहेको थपे ।

यता केन्द्र सरकारको विद्यालय भर्ना अभियान र प्रदेश सरकारको वेटी पढाओ वेटी वचाओ अभियान दुवैको उदेश्य वढी भन्दा वढी वालवालिकाहरुमा शिक्षाको ज्योती जगाउनु रहेकोमा त्यसको लागि स्थानिय स्तरबाटै शिक्षक,अभिभावक,व्यवस्थापन समिति र नागरिक समाज समेतको सहयोग आवश्यक हुने शिक्षा समन्वय ईकाई प्रमुख शत्रुधन यादवले बताउनु भयो । उहाले केन्द्र,प्रदेश र स्थानिय तहको संयुक्त प्रयास भए अभियान निश्चय पनि सफल हुने र अभियानकै सफलताको लागि प्रयास समेत भैरहेको बताए । शिक्षाको तथ्यांक अनुसार महोत्तरीमा ६ हजार ३७२ बालवालिका मात्र विद्यालय वाहिर रहेपनि वास्तविकता भने फरक रहेको र अझै दशौ हजार वालवालिका विद्यालय वाहिर हुनु पर्ने अनुमान शिक्षाक्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरुको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।