शुक्रबार, बैशाख १४, २०८१

आज ३९औं राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम सहित मनाइँदै

 काठमाडौ भाद्र २३, आज ३९औं राष्ट्रिय शिक्षा दिवस तथा ५२औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रमका साथ मनाइदैछ ।

समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित मनाइदै गरेको दिवसको अवसरमा दिवस आयोजना मूल समारोह समितिले विभिन्न उत्कृष्ट विद्यालय र शिक्षासेवीलाई पुरस्कृत गरिने र विभिन्न शङ्कायमा उत्कृष्ट भई उपाधिप्राप्त विद्यार्थीलाई विद्याभूषणबाट विभूषित गरिने कार्यक्रम रहेको प्राप्त ुमाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै दिवसकै अवसरमा शिक्षा मन्त्रलायले शुक्रबार ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नीति र कार्यक्रम २०७५’को समेत घोषणा गर्दै हाल प्राथमिक तहमा पढ्ने उमेरका बालबालिकाको भर्ना दर ९७ दशमलव २ प्रतिशत पुगेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।