शुक्रबार, बैशाख १४, २०८१

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं मंसिर २३, आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिख दिन यो दिवस मनाउन थालिएको हो ।

त्यस्तै नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेयता दिवस मनाउँदै आएको छ । यसैक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्दारा आज आयोग परिसरमा प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संवैधानिक आयोगका प्रमुखहरु, नेपाल सरकारका सचिवहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु पनि सहभागी रहेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।