मङ्लबार, बैशाख ४, २०८१

विपन्न विधार्थीलाइ वीरता जेसीजको सहयोग

बिर्तामोड मंसिर २३,  इलामको रोङ गाउँपालिका–१ शान्तिपुरस्थित ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई छाता वितरण गरिएको छ । वीरता जेसीजको सहयोगमा विद्यालयमा अध्यनरत विपन्न विधाथीलाइ छाता वितरण गरिएको हो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कार्यक्रम संयोजक अनन्तलाल महतोले पानी परेकै कारण वा चर्को घाम लागेकै कारण विधार्थी विद्यालय नजाने प्रवृतिको अन्त्य गर्नका लागि यस किसिमको सहयोग गरेको बताउँनु भएको थियो ।

कार्यक्रममा विदालयका प्रधानाध्यापक चन्द्रकुमार प्रधानले विद्यार्थीका लागि अति आवश्यक छाता प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै प्रस्तुत सहयोग प्राप्त गरेसंगै अव घाम पानीको समयमा पनि विद्यार्थीलाई विद्यालय आउन सहज हुने बताए । त्यस्तै विपन्न आर्थिक अवस्थाका अभिभावकले छाता लगायतका सामग्री किनेर विद्यार्थीलाई विद्यालय पठाउन समस्या भइरहेका बेला जेसीजको सहयोगले राहत मिलेको विद्यालयका शिक्षक नन्दलाल कार्कीले बताए ।

कार्यक्रममा विशाल थापाले आस्था वाचन गरेका थिए भने महासचिव विनोद पाण्डे, कोषाध्यक्ष जीवनकुमार खड्का, सहकोषाध्यक्ष घनश्याम चौधरीले आगामी दिनमा पनि विद्यालयका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता  व्यक्त गर्नु भएको उक्त कार्यक्रममा शान्तिपुर एकता समाजका सदस्य शम्भु दाहाल लगायतले मन्तव्य अभिव्यक्त गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।