शनिबार, बैशाख १५, २०८१

प्रधानसेनापतिबाट देखाइएको सकारात्मक पहलको प्रशंसा

काठमाडौ मंसिर १६,  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाली सेनाका प्रधानसेनापतिले सेनाको छविलाई थप उच्च बनाउन र यसभित्र देखिएका केही विकृति–विसङ्गतिलाई नियन्त्रण गर्न देखाउनुभएको सक्रियता सराहनीय रहेको जनाएको छ ।

विज्ञप्तिमा नेपाली सेनालाई पारदर्शी र सुशासनयुक्त संस्थाका रुपमा अघि बढाउन प्रधानसेनापतिबाट देखाइएको सकारात्मक र सक्रिय पहलको प्रशंसा गर्दै यसले निरन्तरता पाउने विश्वास लिदै  संस्थाका अध्यक्ष खेमराज रेग्मीले आज जारी गर्नुभएको विज्ञप्तिमा सैनिक भर्नाका क्रममा भएका अनियमितामा संलग्न सैनिक अधिकृतसहित अन्य दोषी तथा मापदण्ड विपरीत भर्ना भएका सैनिकलाई सैनिक अदालतमार्फत सेवाबाट बर्खास्त गरिनु र त्यसक्रममा तीन करोडभन्दा बढी लेनदेन रकम फिर्ता गरी राजस्वमा दाखिला गरिएको समाचारले संस्थालाई सन्तोष लागेको उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएको आर्मी अफिसर्स क्लबमा सञ्चालित क्याटरिङ सर्वसाधारणलाई उपभोग गर्न बन्देज लगाउनु, सैनिक भित्रै विभिन्न तहमा देखिने भेदभावजन्य व्यवहार सामान्यीकरण गरिनु, सेनालाई अझ बढी व्यावसायिकरुपमा दक्ष बनाउन प्रयत्नशील रहनुलगायतका कार्य सुशासनतर्फका सकारात्मक पहल रहेको विज्ञप्तिमा जनाइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।