शनिबार, बैशाख १५, २०८१

प्रदेश सरकारको व्यवस्थापनमा वर्ष ०७५को एसईई परीक्षा सञ्चालन हुने

काठमाडौं चैत ८ , वर्ष २०७५ को एसईई परीक्षा आगामी आइतबारदेखि सञ्चालन हुने भएको  छ । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको सम्पूर्ण तयारी भएको जनाउँदै यसवर्ष देखि परीक्षाको सञ्चालन पनिकाले गरेपनि सोको लागि आवश्यक खर्च, अनुगमन र जनशक्तिको व्यवस्थापन भने सम्बन्धीत प्रदेश सरकारले गर्ने भएको छ ।

पनिकाबाट प्राप्त जानकारी अनुसार तत्कालीन  एसएलसी परीक्षको रुपान्तरित प्रारुप एसईई परीक्षामा परीक्षाका लागि देशभर १ हजार ९६९ वटा परीक्षा केन्द्रबाट यसपटक ४ लाख ७५ हजार विद्यार्थीको सहभागीता रहने जनाएको छ भने एक्जाम्टेडतर्फ १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदै गरेको जानकारी दिएको छ ।

त्यस्तैगरि परीक्षा सञ्चालनका पछि परीक्षको परीक्षण भने परीक्षा नियन्त्रण कार्यलयवाट हुने जानकारी दिदै पनिकाले यसपटकपनि विगतमा जस्तै परीक्षामा हुने सक्ने यावत अनियमितता रोक्दै रो ई मर्यादित र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण स्रोत परिचालन गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।