शुक्रबार, चैत्र १६, २०८०

अव सबै विद्यालयमा स्थानीय पाठ्यक्रम सहित अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौ चैत ८, काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा आएका ९१ वटा सार्वजनिक र ६४३ संस्थागत विद्यालयमा आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा अनिर्वाय राख्नु पर्ने नितिगत निर्णय गरेको छ । यसअघि कामपाले अंगे्रजी नामाकरण भएका विद्यालयको नाम नेपालीमा रुपान्तरका लागि सर्कुर जारी गरिसकेको छ ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको लागि निजी र सामुदायिक सबै विद्यालयले अनिवार्य रुपमा विद्यालयको प्राङ्गणमा झण्डा राख्नुपर्ने व्यवस्था कार्यान्वयमा ल्याउँन लागेको जानकारी दिदै उहाँले स्थानीय पाठ्यक्रम समेत लागु गर्ने योजना रहेको जानकारी दिनु भएको छ । यसको लागि प्रस्तावित १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम इच्छानुरूप विद्यालयले एक विषय छनोट गर्न सक्ने जनाएको छ ।

विषयगत व्यवस्थामा भने वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन, नेपाल भाषा, दिगो विकास, लगायतलाइ चयन गर्ने कामपाको तयारी रहेको बताईएको छ । त्यस्तै यसअघिनै दर्ताको प्रक्रियामा रहेका र मापदण्ड पूरा भएको केही विद्यालयलाई वाहेक कामपाले अब नयाँ विद्यालय सञ्चालनको लागि अनुमति नदिने भएको छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।